निर्जीवन बीमा कम्पनीहरुले भित्र्याए रु.८.१२ अर्ब प्रिमियम, आधाको व्यवसाय घट्यो
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामै ८ अर्ब भन्दा बढी प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । निर्जीवन बीमकहरुको यो बीमाशुल्क आर्जन रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।९२ प्रतिशत बढी हो । गत आवको भदौ महिनासम्म बीमकहरुले ७ अर्ब ७४ करोड ६७...