शुक्रबार, बैशाख ४,२०८३ 07:28:24
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:28:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१५.८४ अर्ब प्रिमियम, मोटर र सम्पत्ति बीमा व्यवसायमा उल्लेख्य वृद्धि

Bizshala
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१५.८४ अर्ब प्रिमियम, मोटर र सम्पत्ति बीमा व्यवसायमा उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा व्यवसाय १२.४२ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ४ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा १२ प्रतिशत बढी हो । 

गत आवको कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । गत आवको तुलनामा तीन कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय बढेको देखिएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय गत आवको तुलनामा २८.९३ प्रतिशतले खस्किएको छ भने नेको इन्स्योरेन्सको ०.३९ प्रतिशत र दि ओरियन्टल इन्स्योरेन्सको व्यवसाय ०.५० प्रतिशतले खस्किएको छ ।

निर्जीवन बीमकहरुले सर्वाधिक मोटर बीमामार्फत प्रिमियम भित्र्याएका छन् । सो अवधिसम्म मोटर बीमालेखमार्फत बीमकहरुले ५ अर्ब ५१ करोड २४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन यो गत आवको सोही अवविधसम्मको तुलनाामा २० प्रतिशत बढी हो । त्यस्तै, सम्पत्ति बीमा व्यवसाय पनि ८.८४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले सम्पत्ति बीमा व्यवसायमार्फत ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जेनजी आन्दोलनका कारण निजी क्षेत्रतर्फ प्रतिकुल असर पारेसँगै सम्पत्ति र मोटर बीमा व्यवसाय उल्लेख्य बढेको देखिन्छ । जेनजी आन्दोलनका कारण सरकारी तथा निजी क्षेत्रका सवारी साधन लगायत सम्पत्तिमा ठूलो असर परेको थियो । जसकारण अहिले सम्पत्ति र मोटर बीमाको महत्व पनि बढ्दै गएको देखिन्छ । सो अवधिसम्म सर्वाधिक ब्यवसाय संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । 

कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा सामान्य बढी हो । 

त्यस्तै, दोस्रो धेरै प्रिमियम भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा २३.२८ प्रतिशतले बढेको छ । 

CG Motors
Garima Development Bank
IME remit

यसका साथै हिमालयन एभरेष्टले १ अर्ब ६० करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ५४ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब २७ करोड, एनएलजीले १ अर्ब २६ करोड, नेकोले १ अर्ब १४ करोड, युनाइटेड अजोडले १ अर्बा ७ करोड, सानिमा जिआइसीले १ अर्ब २ करोड, दि ओरियन्टलले ९२ करोड ४० लाख, नेपाल इन्स्योरेन्सले ८६ करोड ६२ लाख, प्रभु इन्स्योरेन्सले ६५ क रोड ७१ लाख, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यो कम्पनीको व्यवसाय ३९.६६ प्रतिशत वृद्धि भएको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.