अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ। यद्यपि, कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आफ्नो पवित्र सपना कायम राख्ने दृढ अठोट व्यक्त गरेको छ।