सोमबार, माघ १९,२०८२ 03:31:12
Bizshala
  • सोमबार, माघ १९,२०८२ 03:31:12
Bizshala
Global IME Bank Limited
Bizshala

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प
Shivam Cement

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ। यद्यपि, कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आफ्नो पवित्र सपना कायम राख्ने दृढ अठोट व्यक्त गरेको छ।

Bizshala
Garima Development Bank
New Office

भदौ २३ गते यता भएको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै चन्द्रागिरि हिल्सले शोक सन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। कम्पनीले आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र आर्थिक समृद्धिका मुद्दाहरूप्रति आफ्नो सम्मान र साझा उद्देश्य रहेको बताएको छ।

चन्द्रागिरि केबलकार, लाखौं शेयरधनीहरूको साझा लगानीमा स्थापित पब्लिक लिमिटेड कम्पनी, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा महत्त्वपूर्ण योगदानकर्ता हो। तर, मंगलबार भएको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले केबलकारको बटम स्टेशनमा ठूलो क्षति भएको छ।

“हाम्रो अठोट कमजोर भएको छैन। पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना अझै बलियो बनेको छ,” चन्द्रागिरि हिल्स लिमिटेडको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले आगामी दिनमा सेवा सुचारु गर्न, थप लगानी र रोजगारी सिर्जना गर्न, र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीले यो कठिन समयमा सहयोग गर्ने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, पर्यटक र दर्शनार्थीहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै स्थानीय समुदाय र सम्बन्धित निकायसँग थप सहयोग र समन्वयको आग्रह गरेको छ।

चन्द्रागिरि हिल्सले आफ्ना कर्मचारी र ग्राहकवर्गको अपेक्षा अटुट राख्न सक्रिय रहने र छिट्टै नै सेवा पुनः सुचारु गर्ने प्रतिबद्धता जनाएको छ। “हामी पुनः उठ्ने छौँ र देशको पर्यटन प्रवर्द्धनमा अझै समर्पित रहनेछौँ,” विज्ञप्तिमा भनिएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.