संंसदमै उठ्यो चार कम्पनीको मूल्य कृत्रिम बढाइएको विषय, अमरेश सिंहले सेयर कारोबारीको नामै तोकेर उठाए प्रश्न
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारीमा जस्तै सेयर बजारमा समेत सोझा जनतालाई लुट्ने र डूबाउने काम भइरहेको भन्दै नामै तोकेर केही कारोबारीमाथि कारबाहीको माग गरेका छन् । स्वतन्त्र सांसद सिंहले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केही कम्पनीको नामै तोकेर तीव्र कर्नरिङ भइरहेको र कृत्रिम ढंगले मूल्य बढाएर सोझा लगानीकर्तालाई लुट्ने...