बुधबार, मंसिर २४,२०८२ 12:07:48
Bizshala
  • बुधबार, मंसिर २४,२०८२ 12:07:48
Bizshala
Global IME Bank Limited
Bizshala

आफूलाई 'आईएसओ सर्टिफाइड कम्पनी' भन्ने सिएचडीसीको आन्तरिक व्यवस्थापन भद्रगोल, लगानीकर्ताले पाउँदैनन् सूचना

Hyundai Nepal
आफूलाई 'आईएसओ सर्टिफाइड कम्पनी' भन्ने सिएचडीसीको आन्तरिक व्यवस्थापन भद्रगोल, लगानीकर्ताले पाउँदैनन् सूचना
Shivam Cement

काठमाण्डौ । अनिल रुङ्गटा नेतृत्वको सेयर बजारका खेलाडीहरुले बलुनिङ गरी दोश्रो बजार मूल्य निकै माथि पुर्याएको कम्पनी । यो कम्पनी आफूलाई जलविद्युत परियोजनाका लागि इक्वीटी प्रदान गर्ने क्षेत्रका लागि आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी भन्छ । तर यसको आन्तरिक व्यवस्थापन तथा सुशासन र लगानीकर्ताका लागि सूचना प्रवाह गर्ने प्रणाली भने लाजमर्दो छ ।  

यहाँ चर्चा गर्न खोजिएको कम्पनीको नाम हो सीईडीबी होल्डिङ्स लिमिटेड । दोश्रो बजारमा यो कम्पनी सिएचडिसी संकेतमा कारोबार हुने गर्छ । 

CG Motors
Garima Development Bank
IME remit

देशको ऊर्जा आवश्यकताहरू पूरा गर्न जलविद्युत् परियोजनाहरूमा इक्विटी(पूँजी) लगानी उपलब्ध गराउने उद्देश्यले त्यतिबेलाको क्लिन एनर्जी डेभलपमेन्ट बैंकद्वारा स्थापना गरिएको कम्पनी हो यो ।  

दोश्रो बजारमा पछिल्ला केही महिनाहरुको मूल्यको अवस्था हेर्दा यो कम्पनीले खेलाडीहरुलाई राम्रै रिटर्न दिएको छ । केही खेलाडीहरुले ग्रुप ट्रेडिङ, कर्नरिङ गर्दै यो कम्पनीको मूल्य उडाएर निकै माथि पुर्याएका छन् । बजार साइडवेजमा चल्दा समेत सिएचडिसीको दोश्रो बजार अन्तिम कारोबार मूल्य प्रतिकित्ता २३०० रुपैयाँ नजिक छ । यो कम्पनीको दोश्रो बजार मूल्य बिनाकारण खेलाडीहरुले आफ्नो कला प्रयोग गरेर प्रतिकित्ता २९०० माथि पुर्याएका थिए सन् २०२५ जुलाई १४ मा ।

सन् २०२४ मे पहिलो सातासम्म यो कम्पनीको दोश्रो बजार मूल्य ६७० रुपैयाँ प्रतिकित्ता थियो । त्यसको केही सातापछिदेखि यसको मूल्य योजनाबद्ध ढंगले बढाउन थालियो र २९०० माथि पुर्याई खेलाडीहरुले मोटो रिटर्न लिन सफल भए । निकै राम्रो रिटर्न लिएका खेलाडीका नाइके नै रुङ्गटा थिए । उनी अहिले यो कम्पनीबाट बाहिरिसकेका चर्चा छ ।  

यो कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ११ प्रतिशत बोनस सेयर र ५४.५ प्रतिशत हकप्रद सेयर दिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ११ प्रतिशत बोनस सेयर दिएको थियो । 

आईएसओ सर्टिफाइड कम्पनी, सेयरमूल्य निकै महङ्गो रहेको लगायतका थुप्रै विशेषता बोकेको यो कम्पनीको आन्तरिक व्यवस्थापन र सुशासन निकै कमजोर रहेको स्रोतहरु बताउँछन्।

त्यति मात्र होइन, कम्पनीमा फोन गर्दा राम्रोसँग रेसपोन्स गर्ने प्रतिनिधि नराखिएको र आफूहरुलाई आवश्यक पर्दा महत्वपूर्ण सूचना नपाइएको समेत लगानीकर्ताले गुनासो गरेका छन् ।  

मंगलबार बिजशालाको सम्पर्कमा आएका सेयर बजारका लगानीकर्ताले कम्पनीको विषयमा अध्ययन गर्न आफूले त्यसको वेबसाइटमा उसको पछिल्लो त्रैमासको वित्तीय विवरण खोजेको, तर नपाएको गुनासो गरे । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सेयर बजारमा सूचीकृत यस्ता पब्लिक कम्पनीहरुले त्रैमासिक वित्तीय विवरणजस्ता महत्वपूर्ण सूचनाहरु आफ्नो बेवसाइटमा लगानीकर्तालाई चाहिएको बेला सहजै उपलब्ध हुने गरी राख्नुपर्छ । तर यो कम्पनीको व्यवस्थापन लगानीकर्ता र बजारप्रति गैरजिम्मेवार देखिएको ती लगानीकर्ताको भनाई छ ।  

'मलाई अत्यावश्यक भएर सिएचडिसीको सूचना उसको वेबसाइटमा खोजेँ, तर भेटिँन । दोश्रो बजारमा कारोबार गर्ने पब्लिक कम्पनी यति साह्रो गैरजिम्मेवार किन भएको होला ?' ती लगानीकर्ताले प्रश्न गर्दै भने-'हामीलाई चाहिएको महत्वपूर्ण सूचना कम्पनीले उसको वेबसाइटमा राख्नुपर्ने हो । किनभने सुरुमा हामी खोज्न जाने भनेको आधिकारिक वेबसाइटमै हो ।'  

ती लगानीकर्ताले बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) र फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सूचीकृत कम्पनीहरुको यस्तो बेवास्ताप्रति चासो दिनुपर्ने सुझाए । 'कार्यालयमा फोन गर्दा त्रैमासिक रिपोर्टको बारेमा थाहा नभएको कर्मचारी हुन्छन् । जिम्मेवार ढंगले हाम्रा गुनासा सम्बोधन गर्ने कोही भेटिदैनन् ।' ती लगानीकर्ताले भने-'वेबसाइटमा गयो केही छैन । यो त हदैसम्मको लापरबाही भयो । यस्ता धेरै कम्पनीले यस्तो लापरबाही गर्ने गरेका छन् । सेबोन र नेप्सेको बेलैमा आँखा खुलोस् ।'  

लगानीकर्ताको गुनासोपछि हामीले पनि सिएचडिसीको वेबसाइटमा गएर चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण खोज्यौं, तर त्यहाँ भेटिएन । यो कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चारैवटा त्रैमासको रिपोर्ट अपलोड गरे पनि चालु आ.ब.को पहिलो त्रैमासको भने अझै अपडेट नगरेको देखिएको छ । लगानीकर्तासँग सम्बन्धित चालु आर्थिक वर्षका कुनै पनि सूचना कम्पनीको वेबसाइटमा उपलब्ध छैन । चालु आर्थिक वर्षको ५ महिना बित्न लाग्दा समेत पहिलो ३ महिनाको वित्तीय विवरण अपडेट नहुनुले समेत कम्पनीको गैरजिम्मेवारपन र लापरबाही प्रष्टिन्छ ।  

त्यसपछि हामीले कम्पनीलाई फोन गर्यौं । एक महिला कर्मचारीले फोन उठाइन् र 'त्रैमासिक वित्तीय विवरण भनेको के हो, आफूलाई थाहा नभएको' जानकारी दिइन् । त्यसपछि उनले ‘माथिका सरहरुलाई म हजूरको गुनासो सुनाइदिन्छु’ भन्दै फोन राखिन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.