आईतवार, फाल्गुन ११,२०८१ 02:39:49
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:39:49
IME remit
Global IME Bank Limited

संंसदमै उठ्यो चार कम्पनीको मूल्य कृत्रिम बढाइएको विषय, अमरेश सिंहले सेयर कारोबारीको नामै तोकेर उठाए प्रश्न

Hyundai Nepal
संंसदमै उठ्यो चार कम्पनीको मूल्य कृत्रिम बढाइएको विषय, अमरेश सिंहले सेयर कारोबारीको नामै तोकेर उठाए प्रश्न
Nabil Bank Limited

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारीमा जस्तै सेयर बजारमा समेत सोझा जनतालाई लुट्ने र डूबाउने काम भइरहेको भन्दै नामै तोकेर केही कारोबारीमाथि कारबाहीको माग गरेका छन् ।  

स्वतन्त्र सांसद सिंहले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केही कम्पनीको नामै तोकेर तीव्र कर्नरिङ भइरहेको र कृत्रिम ढंगले मूल्य बढाएर सोझा लगानीकर्तालाई लुट्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनले केही सेयर कारोबारीहरुको नेतृत्वमा भइरहेको यस्तो लूटधन्दा तत्काल बन्द गर्न र सहकारीमा जस्तै फेरि जनतालाई गुमराहमा राखेर बर्बाद पार्ने खेल अन्त्य गर्न समेत आग्रह गरेका छन् ।  

त्यसका लागि उनले एक छानबिन समिति गठन हुनुपर्ने माग राखेका छन् ।  

सांसद सिंहले नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड, सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको नामै तोकेर यी कम्पनीको सेयरमा तीव्र चलखेल भएको दाबी गरेका हुन् ।  

‘जनताले हिजो सहकारीमा अर्बौ रुपैयाँ गुमाए । त्यस्तै समस्या अहिले सेयर बजारमा देखिएको छ । कतिपय कम्पनीको सेयरको मूल्य कृत्रिम रुपमा बढाएर जनता लूट्ने काम भइरहेको छ । यसमा केही ब्रोकर र ठूला लगानीकर्ताले तीव्र कार्टेलिङ गरेका छन् ।’ उनले अगाडि भनेका छन्–‘बुक भ्यालू १३४ रुपैयाँ मात्र रहेको नेपाल फाइनान्स भन्ने कम्पनी रहेछ दीपेन्द्र अग्रवालको । त्यसको मूल्य एकमहिनाअघि ६०० रुपैयाँ थियो, बढाएर २१०० माथि पुर्याइसकिएको छ । जसको अर्निङ रेसियो पनि राम्रो छैन ।’  

उनले अझ अगाडि भनेका छन्–‘सन्दीप जलानको अर्को कम्पनी रहेछ एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड । यो कम्पनीको सेयरमूल्य पनि ३०० रुपैयाँ थियो, बढाएर १०५० पुर्याइसकिएको छ । यसको बुक भ्यालू १४७ रुपैयाँ मात्र छ । अनिल रुंगटाको अर्को कम्पनी रहेछ सिएचडिसी हाइड्रो, यसको पनि ६५० रुपैयाँको सेयरमूल्य कार्टेलिङ गरी १८०० पुर्याइसकिएको रहेछ । यसको बुक भ्यालू १७० रुपैयाँ मात्र छ ।  अर्को कम्पनी अम्बिका पौडेलको रहेछ, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी । यसको मूल्य ३०० रहेछ एकमहिनाअघि अहिले बढाएर १६०० पुर्याइसकिएको छ । जबकि यसको बुक भ्यालू त ७७ रुपैयाँ मात्र छ ।’  

सांसद सिंहले वित्तीय सूचक राम्रो नरहेका कम्पनीहरुको सेयरमूल्य कृत्रिम रुपमा बढाइनु पछाडिको कारण केही ठूला लगानीकर्ता र ब्रोकरको सिण्डिकेट पनि भनेका छन् । ‘अनलाइन क्लब हाउसबाट जनतामा गुमराह छर्ने र सोसल मिडियाबाट थप गुमराहमा राखेर कर्नरिंग हुँदै आएको छ । यस्तो धन्दामा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’उनले थपेका छन् ।  

उनले बजारका नियामकहरु धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जले यो विषयमा छानबिन गर्न नसकेका आरोप समेत लगाएका छन् । बजारमा कर्नरिङका लागि अपारदर्शी स्रोतबाट पैसा भित्रिरहेको दाबी गर्दै उनले राष्ट्रबैंकले समेत यस्ता शंकास्पद लगानीहरुमा केन्द्रीत रही छानबिन गर्नुपर्नेमा जोड दिए । ‘गरीब जनतामाथि ठगी भइरहेको छ, म अर्थमन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ सिंहले अगाडि भनेका छन्–‘जनतालाई गुमराहमा राख्ने र कृत्रिम रुपले सेयरको मूल्य बढाउने कारोबारीहरुमाथि छानबिनका लागि एउटा समिति बनाउन समेत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.