चिरख्वा हाइड्रोपावरले ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लागि आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

