काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले चिरख्वा हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई [ICRANP-IR] D मा डाउनग्रेड गरेको हो ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुकिसकेको वा निकटमा चुक्ने अपेक्षा गरिएका हुने इक्राले जनाएको छ ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।