लगानीकर्ताले डिम्याट खाता नखोल्दा सेयर के हुन्छ?
काठमाण्डौ। पछिल्लो समय धितोपत्र दोस्रो बजारमा सेयर कारोबार र डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, अनलाइन युजरनेम लिएर धितोपत्र कारोबार गर्नेको संख्या गत वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ पुगेको छ।