दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड साउन २९ गते हुने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई जारी गरेको आईपीओ काठमाण्डौको नयाँ बानेश्वरमा रहेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुने भएको हो ।