काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समिति साउन २२ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आगामी भदौ १४ गते आइतबार बिहान ९ बजे काठमाण्डौको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड बैंक्वेटमा सभा आयोजना हुने भएको हो।
सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यससम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न तथा चालु आर्थिक वर्षमा प्रस्तावित काम, कम्पनीको आगामी योजना तथा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।