यसपालिको दशैंको टिकाको साइत ११ बजेर ५३ मिनेटमा
काठमाण्डौ । नेपालीहरुको महान पर्व विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । सामितिका अनुसार नेपालका लागि दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।