भारत बन्यो डिजिटल भुक्तानीमा विश्वकै अग्रणी देश, युपीआईबाट प्रत्येक महिना १८ सय करोड बढी कारोबार
काठमाण्डौ । भारतले छिटो छरितो तथा सुरक्षित डिजिटल भुक्तानीको क्षेत्रमा विश्वमै पहिलो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को रिपार्टका अनुसार ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस(युपीआई)को आडमा भारतले डिजिटल कारोबारको क्षेत्रमा यो स्थान हासिल गरेको हो । सन् २०१६ मा नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया(एनपीसीआई)द्वारा सुरु गरिएको युपीआई आज भारतमा पैसाको...