मुकुल ढकाललाई रास्वपाको महामन्त्री र प्रवक्ताबाट हटाइयो, साधारण सदस्य मात्रै रहने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताको पदबाट मुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । यससँगै ढकाललाई पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।ढकाललाई अनुशासन...