टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने
काठमाण्डौ । अमेरिकी टायर निर्माता कम्पनी गुडइयर टायर एण्ड रबरले आफ्नो ब्राण्ड ‘डनलप’लाई बिक्री गर्ने भएको छ । कम्पनीले डनलप ब्राण्डलाई जापानी कम्पनी सुमीतोमो रबर इन्डस्ट्रिजलाई ७०१ मिलियन डलरमा बिक्री गर्न लागेको हो । यो बिक्रीले डनलप ब्राण्ड र युरोप,उत्तर अमेरिका र ओसिनिया क्षेत्रमा यसको ट्रेडमार्कलाई समेट्नेछ ।