इमर्जिङ नेपालप्रति किन घट्दैछ ठूला लगानीकर्ताको भरोसा ? संघाई समूहले पनि रोज्यो बहिर्गमन
काठमाडौं। इमर्जिङ नेपाल लिमिटेडबाट ठूला आधारभूत तथा संस्थापक सेयरधनी बाहिरिने क्रम थप तीव्र बन्ने संकेत देखिएको छ। कम्पनीमा रहेको आफ्नो ठूलो परिमाणको सेयर बिक्री गर्न अर्को प्रतिष्ठित औद्योगिक घराना संघाई समूहसम्बद्ध सेयरधनीले औपचारिक प्रक्रिया अघि बढाएका छन्।इमर्जिङ नेपालले नेपाल स्टक एक्सचेन्जलाई पठाएको जानकारीअनुसार आधारभूत सेयरधनी सुभाषचन्द्र संघाई र दीनानाथ...

