महँगो विश्वकप टिकटः के फिफाले आफैंलाई ‘सेल्फ गोल’ हानेको हो ?
काठमाण्डौ । सन् २०२६ मा हुने २३औँ फुटबल विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने तयारीमा छ। पहिलो पटक ४८ टोली सहभागी हुने यस प्रतियोगितामा अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न सहरमा सयभन्दा बढी खेल सञ्चालन हुनेछन्। तर प्रतियोगिता विस्तारसँगै टिकट मूल्यमा भएको तीव्र वृद्धि भने विश्वभरका फुटबल समर्थकबीच विवादको विषय बनेको छ।युरोपका समर्थक समूह ‘फुटबल सपोर्...

