नेप्सेमा सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सूचीृकत भएको हो । कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।