बूढीगण्डकी बाढीमा २० दिनदेखि फसेको कुकुरको उद्धार
काठमाण्डौ । बूढीगण्डकीमा आएको बाढीपछि करिब २० दिनदेखि नदीपारि फसेको घरपालुवा कुकुरको उद्धार गरिएको छ।गोरखाको चुमनुव्री गाउँपालिका–३ जगतमा गत असोज २५ गतेदेखि फसेको उक्त कुकुरलाई शुक्रबार धादिङबाट गएको र्याफ्टिङ टोलीले उद्धार गरेको हो।एनिमल नेपाल र चुमनुव्री गाउँपालिकाको समन्वयमा र्याफ्टिङ टोली सिर्दिबासस्थित जगत पुगेर कुकुरलाई सुरक्षित स्थानमा ल्याएको...

