गण्डकी प्रदेशमा कर्मचारीको तलब र भत्ता बढाइने
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब तथा भत्तामा वृद्धि गर्ने भएको छ। संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब तथा भत्तामा गरेको वृद्धिलाई आधार मानेर प्रदेश सरकारले पनि सोही अनुसार समायोजन गर्ने भएको हो।

