काठमाण्डौ । गण्डकी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि आगामी बजेटमा १ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए।
बजेटमार्फत वन क्षेत्रको दिगो व्यवस्थापन, प्राकृतिक स्रोतको संरक्षण तथा वन पैदावारको उपयोगलाई आयआर्जनसँग जोड्ने नीति लिइएको छ।
साथै, जलवायु परिवर्तनका चुनौती सामना गर्न अनुकूलन कार्यक्रम र विपद् पूर्वतयारी तथा उद्धारलाई समेत समेटिएको छ।

