६ महिनापछि आईपीओ अनुमति पाएको हिम पर्वतको ‘फाइनान्सियल एक्स–रे’: नाफा १७ करोड, ऋण साढे ३ अर्बमाथि !
काठमाण्डौ । करिब ६ महिनापछि धितोपत्र बोर्डबाट आईपीओ अनुमति पाउने पहिलो कम्पनी बनेको हिम पर्वत हाइड्रोपावर अहिले लगानीकर्ताको राडारमा छ । आईपीओमा पैसा हाल्नुअघि कम्पनीको वास्तविक वित्तीय स्वास्थ्य कस्तो छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । पछिल्लो विवरणले कम्पनी घाटाबाट १७ करोड रुपैयाँ नाफामा फड्किएको देखाउँछ, तर यही अवधिमा २० करोड रुपैयाँभन्दा बढी वित्तीय लागत...

