बाढीपहिरोपछि नेपाल रि र हिमालयन रिमा चलखेलको चर्चा, वित्तीय अवस्था देखाउँदै मूल्य घटाउने प्रपञ्च !
काठमाण्डौ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोबाट बीमा क्षेत्रमा ठूलो क्षति भएपछि त्यसको प्रभाव पुनर्बीमा कम्पनीसम्म पर्ने चर्चा सुरु भएको छ । बीमा कम्पनीहरूले बेहोर्नुपर्ने दाबी बढेसँगै पुनर्बीमा कम्पनीहरूको दायित्वसमेत बढ्न सक्ने भन्दै लगानीकर्ताको ध्यान त्यसतर्फ केन्द्रित हुन थालेको छ ।विशेषगरी ब्रोकर हाउस, सामाजिक सञ्जाल तथा सेयर बजारका...

