बिहीबार, भाद्र ११,२०८३ 04:14:50
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 04:14:50
Bizshala
Global IME Bank Limited

हिमालयन रि–इन्स्योरेन्स रु.२.३३ अर्ब घाटामा,आम्दानी घट्दा खर्चमा ठूलो वृद्धि

हिमालयन रि–इन्स्योरेन्स रु.२.३३ अर्ब घाटामा,आम्दानी घट्दा खर्चमा ठूलो वृद्धि
New Office

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले गत आवमा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आर्थिक वर्षमा आम्दानीमा आएको कमी र खर्चमा भएको उल्लेख्य वृद्धिले कम्पनीको वित्तीय अवस्था कमजोर बनेको देखिएको छ ।

गत आवमा कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँ मा सीमित भएको छ । यसको विपरीत कुल खर्च भने ८०.९६ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

Bizshala
CG Motors

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँ मा झरेको छ ।

कम्पनीमाथि दाबी भुक्तानीको बढ्दो भारसमेत परेको छ । समीक्षा अवधिमा कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ  । यसैगरी, लगानीबाट प्राप्त आम्दानीमा समेत २७.३० प्रतिशतको गिरावट आएको छ ।

आम्दानी र नाफामा आएको गिरावटको प्रभाव कम्पनीको सञ्चित नाफामा पनि परेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक भएको छ ।

वित्तीय प्रदर्शन कमजोर भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि नकारात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा १२.७९ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षको अन्त्यसम्ममा २१ रुपैयाँ ५० पैसा ऋणात्मक भएको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ । यसैगरी, कम्पनीको महाविपत्ति कोषको आकार पनि अघिल्लो वर्षको तुलनामा २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँ मात्रै संचित रहेको छ ।  

समग्रमा, आम्दानीमा आएको संकुचन, दाबी भुक्तानी तथा अन्य खर्चमा भएको वृद्धि र लगानी आम्दानीमा आएको गिरावटका कारण हिमालयन रि–इन्स्योरेन्सको गत आर्थिक वर्षको वित्तीय प्रदर्शनमा उल्लेख्य दबाब परेको देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.