हिमालयन बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग
काठमाडौं। हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

