आईतवार, आश्विन २५,२०८३ 04:32:35
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:32:35
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

Bizshala
हिमालयन बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग
New Office

काठमाडौं। हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भदौ १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा गेग्रानसहित आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। सोही विपत्तिबाट प्रभावित नागरिक तथा समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहायता घोषणा गरिएको बैंकले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अकल्पनीय विपत्तिबाट भएको जनधनको क्षतिले बैंक परिवारलाई मर्माहत बनाएको उल्लेख गर्दै हिमालयन बैंकले प्रभावित सबैलाई धैर्य धारण गर्न तथा राहत र उद्धार अभियानमा जुट्न आग्रह गरेको छ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिक र समुदायसँगै रहेको जनाउँदै बैंकले सम्भव भएसम्मका सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.