हस्पिटल फर एडभान्स्ड मेडिसिनले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २८ गते साधारण सभा डाकेको हो ।