AUTO

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?

काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।  १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५  नेपाल आएको थियो ।