भारतको आईडीएफसी फर्स्ट बैंकमा भारु. ५९० करोडको ठगी, सेयर मूल्यमा पहिरो
काठमाण्डौ । भारतको आईडीएफसी फर्स्ट बैंकको सेयरमूल्यमा पहिरो गएको छ । बैंकको चण्डीगढ शाखामा ५९० करोड भारुको ठगी प्रकरण सार्वजनिक भएपछि बैंकका सेयरमूल्य २० प्रतिशतले घटेर प्रतिकित्ता ६७ भारुमा झरेको छ । ठगी हरियाणा सरकारसँग सम्बन्धित संस्थाहरूको बैंक खातामा अनधिकृत ट्रान्जेक्सन मार्फत भएको बताइएको छ।ठगीको रकम बैंकको तेस्रो त्रैमासिक नाफा ५०३ करोड भारु भन्दा पनि बढी छ।...

