सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.८१ अंकले घटेर १ हजार ९७९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये वित्त समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै उपसूचकहरु राताम्य छन् ।...