गोल्यान ग्रुपको आईपीओको अर्को ‘खेती’, यसपटक कृषि र किसानको नाममा जनता एग्रो
काठमाडौं । एकपछि अर्को कम्पनी खडा गर्ने, पुँजीको आकार बढाउने, संस्थागत लगानीकर्ता प्रवेश गराउने र अन्ततः सर्वसाधारणबाट रकम उठाउन आईपीओ निष्कासन गर्ने गोल्यान ग्रुपको शृंखलामा अब जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड थपिएको छ।कृषि, किसान, वन पैदावार, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्रका आकर्षक नारा अघि सारेको कम्पनीलाई योजनाबद्ध रूपमा सार्वजनिक निष्कासनतर्फ लैजान...

