३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण
काठमाण्डौ । झन्डै चार दशकदेखि जग्गाको स्वामित्व पाउने प्रतीक्षामा रहेका बाँकेको राप्ती सोनारी गाउँपालिकाका १० भूमिहीन परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।जिल्ला भूमि समस्या समाधान समिति बाँकेले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का १० भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको हो।लालपुर्जा प्राप्त गर्नेमा तीन भूमिहीन दलित र सात...

