कालीगण्डकीको बाढीले पर्वतमा करिब ८० घर बगायो, मानवीय क्षतिको विवरण यकिन हुन बाँकी
काठमाण्डौ । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन्।शनिबार रातिदेखि नदीको बहाव बढेर बस्तीमा पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन्। बाढीबाट मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन।बाढीले थप घरसमेत उच्च जोखिममा पारेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको...

