जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य
काठमाण्डौ । जापानको इशिकावा प्रान्तका केही भागमा कीर्तिमानी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।गत जनवरी १ मा आएको विकानकारी भुकम्पबाट माथि उठ्न खोजिरहेको वाजिमा र सुजु सहरहरू बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँ शनिबारदेखि सोमबारसम्म निरन्तर वर्षा भएको छ ।