बिजुली र इन्धन दुवैबाट चल्ने जेटुरका एसयूभीको बुकिङ खुल्यो, सुरुआती मूल्य १ करोड ४२ लाख
काठमाडौं । जेटुर नेपालले प्रिमियम एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्दै टी१ र टी२ मोडलको प्रि–बुकिङ खुला गरेको छ। बिजुली र इन्धन दुवैबाट चल्ने प्लग–इन हाइब्रिड विकल्पसँगै टी२ मा इन्धन इन्जिनयुक्त अल ह्विल ड्राइभ विकल्पसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।दशैंको अवसर पारेर सोमबार काठमाडौंको थापाथलीस्थित शोरुममा पूजापाठ गरेसँगै कम्पनीले दुवै मोडलको औपचारिक बुकिङ सुरु...

