जेन–जी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ओलीको माग, मानव अधिकार आयोगमा औपचारिक निवेदन
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको छानबिन प्रतिवेदन, त्यसको आधार सामग्री तथा निर्णयसँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराइदिन औपचारिक रूपमा आग्रह गरेका छन्। आयोगले सार्वजनिक गरेको निर्णयमा तथ्यगत निष्कर्ष र सिफारिसबीच गम्भीर विरोधाभास देखिएको दाबी गर्दै ओलीले...

