सोमबार, श्रावण १८,२०८३ 09:19:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:19:58
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिम एमाले सांसदसँग अध्यक्ष ओलीको छलफल, संसदीय दल नेतृत्व परिवर्तनबारे बहस

सुदूरपश्चिम एमाले सांसदसँग अध्यक्ष ओलीको छलफल, संसदीय दल नेतृत्व परिवर्तनबारे बहस
New Office

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन्।  

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका ११ जना सांसदलाई गुण्डुमा बोलाएर सामूहिक परामर्श गरिरहेका हुन्।

 

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेतृत्व परिवर्तनको विषय चर्किएपछि पार्टीभित्र आन्तरिक छलफल तीव्र बनेको छ।  

यही सन्दर्भमा अध्यक्ष ओलीले सांसदहरूसँग प्रत्यक्ष संवाद थालेका हुन्।

स्रोतका अनुसार केही समयअघि सुदूरपश्चिमका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने मागसहित अध्यक्ष ओलीलाई भेटेका थिए। 

त्यसपछि पार्टी नेतृत्वले यस विषयमा औपचारिक छलफल अघि बढाएको हो।

हालको बैठकमा संसदीय दलको नेतृत्व परिवर्तन, प्रदेश संसदीय व्यवस्थापन र आन्तरिक पार्टी समन्वयका विषयमा छलफल भइरहेको जनाइएको छ।

एमालेभित्र प्रदेश संरचनामा देखिएको असन्तुष्टि र नेतृत्व परिवर्तनको बहसले संगठनात्मक पुनर्संरचनातर्फ पार्टीलाई अघि बढाउने संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.