सोमबार, श्रावण १८,२०८३ 07:48:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:48:02
Bizshala
Global IME Bank Limited

‘भदौको आन्दोलन लोकतान्त्रिक होइन, प्रतिगामी अभियान थियो’ : अध्यक्ष ओली

‘भदौको आन्दोलन लोकतान्त्रिक होइन, प्रतिगामी अभियान थियो’ : अध्यक्ष ओली
New Office

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारलाई हटाउन भएको आन्दोलनलाई लोकतान्त्रिक नभई योजनाबद्ध प्रतिगामी अभियानको संज्ञा दिएका छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भदौ २३–२४ को आन्दोलनले संवैधानिक प्रक्रियालाई कमजोर बनाएको दाबी गरे।

उनले वैधानिक रूपमा गठन भएको सरकारलाई असंवैधानिक ढंगले हटाइएको उल्लेख गर्दै त्यसलाई लोकतान्त्रिक आन्दोलन भन्न नसकिने बताए।

उनका अनुसार संसद् विघटन र सरकार परिवर्तनको प्रक्रिया संविधानको मर्मविपरीत भएको थियो।

ओलीले आफ्नो नेतृत्वको सरकारले जनताको हितविपरीत कुनै काम नगरेको दाबी गर्दै कमजोरी भए आत्मसमीक्षा गर्न तयार रहेको बताए।  

तर, झुटा प्रचार, अफवाह र चरित्रहत्यामार्फत सरकारलाई बदनाम गरी सत्ता परिवर्तन गरिएको आरोप उनले लगाए।

उनले अहिलेको सरकार संविधानको भावना विपरीत बनेको र सञ्चालन पनि संविधानअनुसार हुन नसकेको टिप्पणी गरे। 

प्रतिगमनको प्रवृत्तिलाई रोक्न लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाए।  

यस्तो अभिव्यक्तिले राष्ट्रिय हितमा आघात पुग्ने भन्दै उनले त्यसको आलोचना गरे।

उनले सुकुम्बासी व्यवस्थापन, ट्रेड युनियनसम्बन्धी नीति तथा अध्यादेशमार्फत शासन सञ्चालनजस्ता विषयमा पनि सरकारको आलोचना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता संरक्षणका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.