हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ
काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि शानदार जित निकालेको छ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले चितवनलाई २४ रनले पराजित गरेको हो। तलतले ब्याटिङमा अविजित अर्धशतक प्रहार गर्नुका साथै बलिङमा तीन विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका...

