कृष्णबहादुर महरालाई १ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
काठमाण्डौ। विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा लाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य बिदुर कोइरालाको इजलासले महरासँग १ लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म तारेखमा रिहा रहने व्यवस्था गरेको हो।

