१ भदौमा विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, बहुमतका लागि अझै एक सांसद अपुग
काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी १ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।कांग्रेसले गत साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता भएपछि ३० दिनभित्र...

