सोमबार, जेष्ठ ११,२०८३ 09:03:57
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 09:03:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी, दिउँसो १ बजे बैठक

Laxmi Sunrise Bank Limited
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी, दिउँसो १ बजे बैठक
Shivam Cement

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ ।

प्रदेशको समग्र विकास दृष्टिकोण, दीर्घकालीन प्राथमिकता र रणनीतिक कार्यदिशा समेटिएको उक्त दस्तावेज औपचारिक रूपमा सदनमा पेस हुने भएको हो ।

Bizshala
New Office
CG Motors

प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे बस्ने छैठौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । 

यससँगै आगामी आर्थिक वर्षमा प्रदेश सरकारले अवलम्बन गर्ने नीतिगत दिशा सार्वजनिक हुनेछ ।

सरकारले यस वर्षको नीति तथा कार्यक्रममा आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै उत्पादन वृद्धि, रोजगारी विस्तार र दिगो विकासलाई मुख्य आधार बनाएको छ ।  

कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई प्रदेशको आर्थिक विकासका प्रमुख स्तम्भका रूपमा अघि बढाउने रणनीति लिइएको छ ।

त्यसैगरी, स्थानीय स्रोत–साधनको उपयोग बढाउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ ।  

निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।

सुशासन सुधार, सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग, डिजिटल प्रशासनको विस्तार तथा सरकारी संयन्त्रको प्रभावकारिता अभिवृद्धिलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।

कृषि क्षेत्रतर्फ आधुनिकीकरण, सिँचाइ विस्तार र व्यावसायिक उत्पादन प्रणालीको विकासमार्फत किसानको आयस्तर बढाउने योजना अघि सारिएको छ ।  

साथै, पर्यटन पूर्वाधार विस्तार, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत लुम्बिनी प्रदेशलाई अन्तर्राष्ट्रिय आकर्षणको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

पूर्वाधार विकासका सन्दर्भमा सडक सञ्जाल विस्तार, सहरी विकास, खानेपानी तथा सिँचाइ प्रणाली सुदृढीकरणलाई विशेष प्राथमिकतामा राखिएको छ ।

यी योजनामार्फत प्रदेशको भौतिक संरचना सुदृढ गर्दै विकासको गति तीव्र बनाउने उद्देश्य लिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आगामी बजेट निर्माणका लागि आधार तयार हुने र सोही अनुसार मन्त्रालयगत कार्यक्रम तथा आयोजना कार्यान्वयन अघि बढाइने प्रदेश सरकारको तयारी रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.