एक सातापछि बिजुली बाल्ने तयारीमा रहेको लाङटाङ खोला आयोजना बाढीले तहसनहस, ६० जना सम्पर्कविहीन
काठमाण्डौ । निर्माण सकिएर करिब एक सातापछि विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेको रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोशीमा आएको भीषण बाढीले तहसनहस बनाएको छ।बाढीले आयोजनाको पावर हाउस पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना इञ्जिनियर, कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले आयोजना...

