‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
काठमाण्डौ । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ । कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको समिट सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म पटायास्थित द होलिडे रिसोर्टमा...

