पश्चिमतिर सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम
काठमाण्डौ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा वर्षा जारी रहँदा बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेको छ। मौसमविद्हरूका अनुसार हाल पूर्वी नेपालमा सक्रिय रहेको वर्षा प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै गएको छ।यससँगै शनिबारदेखि पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही कम हुन सक्ने र पश्चिमी भूभागमा वर्षा थप तीव्र हुने पूर्वानुमान गरिएको...

