एफडीको ब्याजदर ३–४ प्रतिशतमा झरेपछि बीमकहरु आत्तिएः अध्यक्ष दाहाल
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घटेपछि बीमा कम्पनीहरु आत्तिएको बताएका छन् । काठमाण्डौमा बिहिबार आयोजित सेकेन्ड इन्स्योरेन्स डिस्कोर्स–२०२५ मा विशिष्ट अतिथिका रुपमा उपस्थित अध्यक्ष दाहालले बीमा कम्पनीहरुले मुद्दतीमा मात्रै लगानीको दायरा सीमित नराख्न निर्देशन दिएका छन् । बीमा क्षेत्रमा जम्मा भएको पुँजी...