मधेश प्रदेशका सहकारीलाई सेयरबजारमा लगानी गर्न बन्देज, घरजग्गा कारोबारमा समेत रोक
काठमाण्डौ । मधेश प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमार्फत सहकारी क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्ने नीति ल्याएको छ । बजेटमार्फत सहकारीमा नागरिकको बचत अपचलन गर्ने संचालक तथा पदाधिकारीहरुलाई कुनै पनि प्रकारको छुट नदिने उल्लेख गरेको छ । साथै त्यस्ता व्यक्तिहरूको सम्पत्ति तत्काल रोक्का गरी आवश्यक परे जफतसमेत गरेर बचतकर्ताको रकम फिर्ता गराउने कानुनी तथा...

