बुधबार, श्रावण ६,२०८३ 05:21:23
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:21:23
Bizshala
Global IME Bank Limited

मधेशमा मन्त्रालय संख्या घटाउने तयारी, अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन

मधेशमा मन्त्रालय संख्या घटाउने तयारी, अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन
New Office

काठमाण्डौ। मधेश प्रदेश सरकारले मन्त्रालयहरूको संख्या घटाउने तयारीस्वरूप तीन सदस्यीय कार्यदल गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्य रहेका छन्।

सत्ता समीकरण परिवर्तनपछि गठबन्धनमा आबद्ध तीन राजनीतिक दलबीच भएको १५ बुँदे सहमतिअनुसार मन्त्रालयहरूको संख्या घटाउने विषयलाई प्राथमिकतामा राखिएको छ। सोही सहमतिलाई कार्यान्वयन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको जनाइएको छ।

हाल मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय सञ्चालनमा छन्। गठबन्धन दलहरूबीच मन्त्रालयको संख्या १२ बाट घटाएर ९ वटामा सीमित गर्ने सहमति भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.