मध्य भोटेकाशी जलविद्युतले एकैपटक डाक्यो दुई आवको एजीएम, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडले एकैपटक दुई आवको साधारण सभा डाकेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २७ गते आइतबारका दिन काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।कम्पनीले १३ औं र १४ औं वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।

